"जल,जंगल,कृषि,पर्यटन याङवरकको पहिचान,उज्यालो-समृध्द याङवरक हाम्रो अभियान"

याङवरक गाउँपालिकाको संक्षित परिचय

१ ऐतिहासिक पृष्ठभूमि  र नामाकरण 
संघिय लोकतान्त्रिक गणतन्त्र नेपालको राज्य संरचना अनुसार पाँचथर जिल्ला प्रदेश नं १ मा अवस्थित छ । विगतको प्रशासनिक विभाजन अनुसार मेचि र कोशी अन्चल अन्र्तगतका १४ जिल्ला रहेको यो प्रदेशको पाँचथर मेचि अन्चलमा पर्ने पहाडी जिल्ला हो । राज्य पुर्न संरचना अनुसार यस जिल्लामा ८ स्थानीय तह निमार्ण गरिए अनुसार १ नगरपालिका र ७ गाँउपालिका रहेका छन । याङवरका गाँउपालिका जिल्लाको सुदुर पुर्वि–उत्तर गाँउपालिका हो । साविक पाँचवटा गाविसलाई मिलाएर गाँउपालिका निर्माण भएको हो । जसको सिमाना छिमेकी मूलकु भारत समेत जोडिन पुग्दछ ।

 

Pages